Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

लक्ष्मी सनराइज बैंकको एजीएम आज


ग्लोबल पाना
बुधबार, पुस २४ २०८१
  • 273
    SHARES

  • images
    लक्ष्मी सनराइज बैंकको एजीएम आज

    काठमाडौं। लक्ष्मी सनराइज बैंकको वार्षिक साधारण सभा आज (पुस २४ गते) बस्दैछ । सभामा गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

    images
    images
    images

    साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

    सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १६ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ