Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बीमा प्राधिकरणले माग्यो अध्यक्षमा आवेदन


ग्लोबल पाना
शुक्रबार, पुस २६ २०८१
  • 388
    SHARES

  • images
    बीमा प्राधिकरणले माग्यो अध्यक्षमा आवेदन

    काठमाडौं। नेपाल बीमा प्राधिकरणले अध्यक्षका लागि आवेदन माग गरेको छ। शुक्रबार प्राधिकरणले एक सूचना जारी गर्दै सञ्चालक समितिको अध्यक्षमा आवेदन माग गरेको हो। अध्यक्ष पदमा नियुक्तिको निम्ति गठित सिफारिस समितिले १५ दिनको अवधि राखेर आवेदन खुला गरेको होे। समितिले बिमा ऐन, २०७९ को दफा ८ को उपदफा (१) क बमोजिम योग्यता पुगेका व्यक्तिबाट आवेदन माग गरेको छ।

    images
    images
    images

    अध्यक्षका निम्ति बिमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा त्यससरहको उपाधि हासिल गरेको हुनुपर्ने उल्लेख गरेको छ।

    आवेदन दिन सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्यानुभव हासिल गरेको हुनुपर्नेछ। आवेदनका निम्ति सात हजार ५०० रुपैयाँ दस्तुर तोकिएको छ। आवेदकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवेदन बुझाउनुपर्नेछ।

    सिलवालमाथि नागरिकता किर्तेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी पदमुक्त भएका थिए। अर्थ मन्त्रालयले अर्को अध्यक्ष नियुक्त नभएसम्मका निम्ति सहसचिव मदन दहाललाई अध्यक्षका रूपमा पठाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ