Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरको ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड ४.० सम्पन्न


ग्लोबल पाना
सोमबार, पुस २९ २०८१
  • 326
    SHARES

  • images
    नेपाल युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरको ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड ४.० सम्पन्न

    काठमाडौं ।  नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौँ च्याप्टरले ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड ४.० भव्य रूपमा सम्पन्न गरेको छ । नेपाली स्टार्टअपहरूको नवप्रवर्तनात्मक भावना र उद्यमशील उत्कृष्टताको उत्सव स्वरूप आयोजित यस कार्यक्रममा १५० भन्दा बढी विशिष्ट पाहुनाहरू सहभागी थिए ।

    images
    images
    images

    यस वर्षको विजेता डीएल अपलोडलाई रु. ४,००,००० नगद पुरस्कारसहित प्रतिष्ठित स्टार्टअप अवार्ड प्रदान गरियो। त्यसै गरी दोश्रो भएको मेल्ट डाउनलाई रु. २,००,००० नगद पुरस्कार प्रदान गरियो भने तेश्रो भएको खेतीपाती अर्गानिक्सले अडियन्स पिक अवार्डजित्दै रु.१,००,००० प्राप्त गर्‍यो। कार्यक्रमको प्रमुख अतिथिका रूपमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी र विशेष अतिथिका रूपमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल उपस्थित हुनु हुन्थ्यो ।

    कार्यक्रममा बोल्दै विशेष अतिथि चन्द्रप्रसाद ढकालले स्टार्टअपहरूलाई आर्थिक वृद्धि र नवप्रवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्ने विषयमा जोड दिए । प्रमुख अतिथि प्रा. डा. शिवराज अधिकारीले स्टार्टअपहरूलाई सफल बनाउन अनुकूल नीति निर्माणको आवश्यकता औँल्याए । एनवाईईएफ काठमाडौँ च्याप्टरका अध्यक्ष अभिमन्यु गोल्छाले कार्यक्रमलाई कुशलतापुर्वक नेतृत्व गरेका थिए । नवीनता र उद्यमशीलतालाई प्रेरणा दिने उत्कृष्ट मञ्चको रूपमा एनवाईईएफ स्टार्टअप अवाड्र्स ४.०लेव्यापक प्रशंसा प्राप्त गर्‍यो।

    कार्यक्रममा निम्न ७ उत्कृष्ट स्टार्टअपहरू अन्तिम चरणमा पुगेका थिए :

    • डीएल अपलोड
    •  मेल्ट डाउन
    •  खेतीपाती अर्गानिक्स
    •  ज्ञान बजार
    •  ई–कागजपत्र
    •  माच २० अर्बिटल्स
    •  स्मार्टपालिका

    एनवाईईएफ स्टार्टअप अवाड्र्सले राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सफलताका लागि नेपालको सबैभन्दा आशाजनक स्टार्टअपहरूको पहिचान र सम्मान गर्ने महत्त्वपूर्ण मञ्चको रूपमा भूमिका निर्वाह गर्दै आएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ