Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कृषि विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न


ग्लोबल पाना
सोमबार, पुस २९ २०८१
  • 449
    SHARES

  • images
    कृषि विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं। कृषि विकास बैंक लिमिटेडले आफ्नो १८औं वार्षिक साधारण सभा बैंकको बोडेस्थित तालिम केन्द्रमा सम्पन्न गरेको छ। साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको थियो।

    images
    images
    images

    कार्यक्रममा सञ्चालक समितिका सदस्यहरू क्रमशः दीर्घराज मैनाली, डा. हरि बहादुर केसी, संजीव पौडेल, विनोद गुरागाईं, रिता सुवेदी, वरिष्ठ कानुन सल्लाहकार कोमलप्रसाद घिमिरे, लेखापरीक्षक तथा बैंकका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।

    साधारण सभाले यस वर्ष ७.५३% नगद लाभांश (बोनसमा लाग्ने करसहित) र ३% बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ। बैंकले विगतका वर्षहरूमा फाल्गुनमा साधारण सभा गर्दै आए पनि यस वर्ष कम्पनी ऐनअनुसार पौष मसान्तभित्र सभा सम्पन्न गर्न सफल भएको छ।

    पौष मसान्तभित्र साधारण सभा सम्पन्न गर्दा नियमनकारी निकायको नियमअनुसार जरिवाना तिर्नु नपर्ने भएकाले यसलाई सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ।

    साधारण सभामा बैंकको प्रगति प्रतिवेदन, भावी रणनीति, र लाभांशसम्बन्धी निर्णयबारे छलफल भएको बैंकले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ