Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

यात्रुवाहक बस दुर्घटनामा ६ जनाको मृत्यु


ग्लोबल पाना
शुक्रबार, पुस २२ २०७९
  • 205
    SHARES

  • images
    यात्रुवाहक बस दुर्घटनामा ६ जनाको मृत्यु

    पाल्पा । रैनादेवी छहरा गाउँपालिका-८, खुर्साने पाल्पामा बुधबार राति भएको यात्रुवाहक बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ। रूपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने गइरहेको उक्त बस गन्तव्य पुग्नै लाग्दा बुढीदमार भन्ने स्थानमा दुर्घटना भएको त्यहाँका वडाध्यक्ष रेमबहादुर रानाले जानकारी दिए ।

    images
    images
    images

    वडाध्यक्ष रानाका अनुसार बस दुर्घटना भएको ठाउँ रूपन्देहीको सालझण्डी ढोरपाटन सडकअन्तर्गत पर्छ। बस सडकबाट ५० मिटर तल भिरमा खसेको र रातको समय जंगल क्षेत्रमा दुर्घटना भएकाले समयमा उद्धार हुन नसकेको उनले बताए। ’म घटनास्थलमै छु। अहिलेसम्म ६ जनाको ज्यान गएको छ ।

    मृतकहरू सबै खुर्सानेकै हुन्,’ उनले भने, ’घाइतेहरूलाई उपचारका लागि बुटवल पठाइएको छ। गाडीमा अझै ६ जना च्यापिएको अवस्थामा छन्। हामी उनीहरूलाई उद्धार गर्न खोजिरहेका छौं।’ मृतक र घाइतेहरू खुर्सानेकै भए पनि परिचय भने खुल्न नसकेको उनले बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ