काठमाडौँ – सामाजिक अभियन्ताका रुपमा परिचित आशिका तामाङलाई प्रहरीले अभद्र व्यवहारको आरोपमा पक्राउ गरेको छ। पशुपतिनाथ मन्दिर परिसरमा खटिएका सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा उनी पक्राउ परेकी हुन्।
प्रहरीका अनुसार प्रशासनले पक्राउ पुर्जी जारी गरेपछि आशिका र उनका सहयोगीहरूले प्रहरीले अनुसन्धान प्रक्रियामा बाधा पुर्याउने प्रयास गरेका थिए। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि गौशाला वृत्तमा राखिएको छ।
हाल आशिका तामाङ सामाजिक सञ्जालमा निकै चर्चित व्यक्तित्व हुन्। उनका विभिन्न सामाजिक अभियन्तासम्बन्धी क्रियाकलापले ध्यान आकर्षित गरे पनि पछिल्लो घटनाले व्यापक चर्चा पाएको छ।
प्रहरीले यस विषयमा विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


