काठमाडौं, माघ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य हिजोको तुलनामा घटेको छ भने युरोपियन युरोको मूल्य केही बढेको छ।
राष्ट्र बैंकका अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिद दर १३७ रुपैयाँ ८९ पैसा र बिक्री दर १३८ रुपैयाँ ४९ पैसा कायम भएको छ। हिजो बुधबार भने अमेरिकी डलरको खरिद दर १३८ रुपैयाँ ३२ पैसा र बिक्री दर १३८ रुपैयाँ ९२ पैसा थियो।
यता, युरोको मूल्यमा भने वृद्धि भएको छ। आज युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ १२ पैसा र बिक्री दर १४२ रुपैयाँ ७४ पैसा छ। हिजो बुधबार युरोको खरिद दर १४१ रुपैयाँ ९० पैसा र बिक्री दर १४२ रुपैयाँ ५२ पैसा थियो।
विदेशी मुद्राको विनिमय दरमा दैनिक हुने उतारचढावले आयात-निर्यात र विदेशी मुद्रा सञ्चिति व्यवस्थापनमा असर पर्ने भएकाले विनिमय दरलाई नियाल्न विशेष महत्व रहेको विज्ञहरूले बताएका छन्।
.gif)




 x 450 (H) Global Pana.jpeg)


