Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

अल्मुनाई एशोसिएसनद्वारा श्री राष्ट्रिय सेवा दल मुख्यालय भिजिट सम्पन्न


बिहीबार , माघ ३ २०८१
  • 2,733
    SHARES

  • images
    अल्मुनाई एशोसिएसनद्वारा श्री राष्ट्रिय सेवा दल मुख्यालय भिजिट सम्पन्न

    नवलपुर, माघ – एन.सी.सी. अल्मुनाई एशोसिएसन जिल्ला कार्यसमिति नवलपुरले २०८१ पौष २९ र माघ १ गते दुई दिनसम्म श्री राष्ट्रिय सेवा दल (एन.सी.सी.) मुख्यालयमा भिजिट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

    images
    images
    images

    निर्देशक विशाल सापकोटाको नेतृत्वमा आयोजित यस भ्रमणमा कार्यसमितिका सदस्यहरूले विभिन्न उच्च पदाधिकारीहरूसँग छलफल र अन्तर्क्रिया गरेका थिए। भ्रमणका क्रममा नेपाली सेनाका सहायक रथी महेश बस्नेत, एन.सी.सी. अल्मुनाई केन्द्रीय निर्देशक सर्जु राउत, केन्द्रीय सचिव प्रमोष कार्की, काठमाडौं भ्याली कमिटीका निर्देशक तथा सहायक निर्देशक, भक्तपुर जिल्ला कार्यसमितिका पदाधिकारी लगायत अन्य उच्च अधिकारीहरूसँग अन्तरक्रिया गरियो।

    कार्यक्रममा अल्मुनाई एशोसिएसनका हालका गतिविधि, सामना गरिरहेका समस्याहरू र यसको दीर्घकालीन योजनाबारे गहन छलफल भएको थियो।

    अल्मुनाई एशोसिएसन जिल्ला निर्देशक सापकोटाका अनुसार कुनै जिल्लाको सम्पूर्ण कार्यसमिति नै एन.सी.सी. मुख्यालयमा गई बैठक बसेको यो पहिलोपटक हो। यस कदमले अल्मुनाई कार्यक्रमको प्रभावकारिता र संगठनको दीर्घकालीन भविष्यबारे ठोस योजनाहरू निर्माण गर्न योगदान पुर्‍याएको छ।

    कार्यक्रमले अल्मुनाई र राष्ट्रिय सेवा दलबीचको सहकार्यलाई अझ बलियो बनाउने विश्वास लिइएको छ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ