Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेता डा. शेखर कोइरालाको बेलायत भ्रमण: गोर्खा सैनिक र जलवायु परिवर्तनबारे छलफल


बिहीबार , माघ ३ २०८१
  • 333
    SHARES

  • images
    नेता डा. शेखर कोइरालाको बेलायत भ्रमण: गोर्खा सैनिक र जलवायु परिवर्तनबारे छलफल

    काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायत भ्रमणका क्रममा बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय संसदीय समितिका अध्यक्ष अलेक्स बेकरसँग भेटवार्ता गरेका छन्।

    images
    images
    images

    लण्डनस्थित नेपाली राजदूतावासमा आयोजित उक्त भेटघाटमा डा. कोइरालाले गोर्खा सैनिकका सेवा सुविधासम्बन्धी समस्याको समाधानका लागि कदम चाल्न आग्रह गरेका थिए। साथै, उनले ब्रिटिस एयरवेजको लण्डन–काठमाडौं सिधा हवाई सेवा सञ्चालन गर्नुपर्ने विषय पनि उठाए।

    जलवायु परिवर्तनको विषयमा जोड दिँदै कोइरालाले नेपालमा हिउँ पग्लिँदा हिमाल कुरूप बन्न थालेको र यसले देशलाई ठूलो क्षति पुर्‍याइरहेको बताए। उनले नेपालको जलवायु संकटबाट हुने क्षतिका लागि बेलायतले सहयोग र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याए।

    डा. बेकरले डा. कोइरालाको प्रस्तावहरूप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उक्त भेटघाटमा बेलायतका लागि कार्यबाहक राजदूत विपिन दुवाडीको पनि उपस्थिति थियो।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ