Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

महालक्ष्मी विकास बैंकद्धारा बचत मै मुद्दती सरहको ब्याज पाइने रिकरिङ बचत खाता सञ्चालन


ग्लोबल पाना
शुक्रबार, माघ ४ २०८१
  • 376
    SHARES

  • images
    महालक्ष्मी विकास बैंकद्धारा बचत मै मुद्दती सरहको ब्याज पाइने रिकरिङ बचत खाता सञ्चालन

    काठमाडौं। महालक्ष्मी विकास बैंकद्वारा बालबालिकाहरुको भोलिको दिनहरुमा आइपर्न सक्ने वित्तीय आवश्यकतालाई सानै उमेरदेखि नै सम्बोधन गर्ने गरी बचत मै मुद्दती सरहको ब्याज पाइने महालक्ष्मी बाल बचत रिकरिङ डिपोजिट एकाउण्ट सञ्चालनमा ल्याएको छ।

    images
    images
    images

    यस खाता अन्तर्गत बचतकर्ताले १ वर्षदेखि १० वर्षसम्म मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम निरन्तर रुपमा बचत गर्न सक्नेछन् जसबाट १ वर्षको व्यक्तिगत मुद्दती बराबरकै ब्याजको लाभ लिन सक्नेछन्।

    अभिभावकद्वारा सञ्चालन गर्न सकिने यस खातामा अवधि समाप्ती पश्चात एक मुष्ट रकम प्राप्त गर्न सकिनेछ।

    मुद्दती खाता जस्तो धेरै रकम पनि नचाहिने, मात्र ५०० बाट समेत शुरुवात गर्न सकिने, ब्याज पनि आकर्षक पाइने, भोलिको दिनमा एकमुष्ट प्राप्त हुने रकमबाट आफ्नो बालबालिकाहरुको शिक्षा दिक्षा तथा अन्य वित्तीय आवाश्यकताहरुको परिपूर्ति गर्न समेत सहज हुने भएकोले महालक्ष्मी बाल बचत रिकरिङ डिपोजिट खाता ग्राहकहरुको लागि एक उत्तम खाता हुन सक्ने विश्वास बैंकले लिएको छ।

    बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ