Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कामना सेवा विकास बैंकले ३५ करोड रूपैयाँ बराबरको सेयर जारी गर्ने


ग्लोबल पाना
सोमबार, माघ १४ २०८१
  • 277
    SHARES

  • images
    कामना सेवा विकास बैंकले ३५ करोड रूपैयाँ बराबरको सेयर जारी गर्ने

    काठमाडौं । कामना सेवा विकास बैंक लि. ले ९ प्रतिशत लाभांश कायम गर्ने गरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले अंकित मूल्य एक सय रूपैयाँमा ३५ लाख कित्ता अर्थात्‌ ३५ करोड रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । अग्राधिकार शेयर परिपत्र विधिबाट निष्काशन गर्नका लागि बैंकले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

    images
    images
    images

    बैंकको पूरक पूँजी बढाउने उद्देश्यले जारी गर्न लागेको वार्षिक ९% लाभांश दर भएको (असञ्चिति) अग्राधिकार शेयर अविमोच्य अवधि भएका कारण भुक्तानी अवधि तोकिएको छैन र उक्त शेयरहरु परिपत्र विधिबाट निष्काशन गरिने जनाइएको छ ।

    उक्त निष्काशन सम्बन्धि सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री दिनेश थकाली र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक श्री सचिन्द्र ढुङ्गानाद्धारा हस्ताक्षर गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ