Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

STOP Sign Violation बाट करोडौं आम्दानी र रोजगारी सिर्जना गर्न सकिन्छ : डा. सुवेदी


ग्लोबल पाना
सोमबार, माघ १४ २०८१
  • 362
    SHARES

  • images
    STOP Sign Violation बाट करोडौं आम्दानी र रोजगारी सिर्जना गर्न सकिन्छ : डा. सुवेदी

    काठमाडौं । नेपालका सडक सुरक्षाका लागि बनाइएका नियमहरूको प्रभावकारी कार्यान्वयनले मात्र स्थानीय निकायहरूले आर्थिक लाभ उठाउनुका साथै समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्ने उद्देश्यका साथ डा. रामहरि सुवेदीले STOP Sign Violation बाट मात्रै एउटा नगरपालिकाले मासिक करोडौं आम्दानी गर्न सक्ने सम्भावना देखाउँछ भन्ने धारणा सार्वजनिक गरेका छन् ।

    images
    images
    images

    डा. सुवेदीका अनुसार, यस्तो आम्दानीलाई प्रविधिमैत्री STOP Sign प्रणाली स्थापना गर्न, थप प्रभावकारी बनाउन, र हजारौं राम्रो तलबका रोजगारी सिर्जना गर्न प्रयोग गर्न सकिन्छ। यसबाट न केवल आर्थिक लाभ प्राप्त हुन्छ, तर सडक सुरक्षा सुधार गरेर सभ्य र सुरक्षित समाजको निर्माण पनि गर्न सकिन्छ। टेक्नोलोजीको प्रयोगले मात्र STOP Sign Violation नियन्त्रण गर्न सकिन्छ। यसका लागि स्मार्ट क्यामेराहरू, सेन्सरहरू, र स्वचालित फाइन कलेक्शन प्रणाली लागू गर्न सकिनेछ।

    यस परियोजनाले नयाँ प्रविधि सञ्चालन, व्यवस्थापन र निगरानीका लागि हजारौं रोजगारी सिर्जना गर्ने सम्भावना राख्ने सुवेदी बताउँछन् । उनले ट्राफिक नियम उल्लङ्घनबाट संकलन गरिएको रकमलाई सडक सुधार, शिक्षा, र जनचेतना कार्यक्रममा पनि लगानी गर्न सकिने बताए ।

    डा. सुवेदीले यस्ता प्रणाली लागू गर्न स्थानीय सरकार र नागरिकहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिदै उनले नागरिकहरूलाई ट्राफिक नियम पालनामा सचेत र जिम्मेवार बन्न आग्रह गरेका छन्।

    सडक सुरक्षाका साथै आर्थिक विकासलाई सँगै अगाडि बढाउने यो विचारले नेपाली समाजमा व्यापक परिवर्तन ल्याउन सक्ने तथा यसलाई व्यवहारमा लागू गर्नका लागि सरकार र स्थानीय निकायहरूको सक्रियता अति आवश्यक रहेको डा. सुवेदी बताउछन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ