Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

भूमिगत सिँचाइ प्रणालीको उद्घाटन


ग्लोबल पाना
शुक्रबार, पुस २२ २०७९
  • 312
    SHARES

  • images
    भूमिगत सिँचाइ प्रणालीको उद्घाटन

    चितवन । पश्चिम चितवनको जगतपुरमा एक सय ६० बिघा जग्गाका लागि भूमिगत सिँचाइ प्रणालीको उद्घाटन गरिएको छ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले निर्माण गरेका चार सिँचाइ प्रणालीको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरेका हुन् । रु तीन करोड ४७ लाख ३१ हजारको लागतमा निर्माण गरिएका ती सिँचाइ प्रणालीको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले कृषिलाई आधुनिकीकरण गर्ने क्रममा सिँचाइ प्रणाली आवश्यक रहेको बताए । महानगरले अहिलेसम्म पाँच सय ६२ स्यालो ट्युवेल निर्माण गरिदिएको उनले बताए ।

    images
    images
    images

    यस वर्ष पनि महानगरबाट एक सय वटा स्यालो ट्युवेल वितरण गर्ने उहाँले जानकारी दिए । सिँचाइको अभावमा स्थानीयले खेप्नु परेको समस्या समाधानका लागि कोसेढुङ्गा साबित भएको उनको भनाइ थियो । उनले भने, “हिउँदमा समेत सिँचाइको व्यवस्था हुने गरी गरिएका यी आयोजनाले जनताको समस्या समाधान गर्ने विश्वास लिएको छु ।” कृषिको प्रचुर सम्भावना भएको यस ठाउँमा सिँचाइको अभाव भएको उनले बताए । दीर्घकालीन हिसाबले नारायणी सिँचाइ आयोजना अघि बढाइएको उनले जानकारी दिए । कृषि क्षेत्रको विकासका लागि महानगर लागिपरेको उनले बताए ।

    चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख देवकुमार स्याङ्बोले हालसम्म चार हजार बिघा (दुई हजार पाँच सय हेक्टर) क्षेत्रफलमा सिँचाइ पुर्‍याइएको जानकारी दिए । विसं २०७७ मा स्थापना भएको सो कार्यालयले जिल्लाको १० हजार पाँच सय हेक्टर क्षेत्रफलमा बाह्रै महिना दिगो भरपर्दो सुलभ सिँचाइ पुर्‍याउने लक्ष्य लिएको छ । यसका लागि रु चार अर्ब ६४ करोडको आयोजना रहेको उनले जानकारी दिए । हालसम्म कार्यालयले ६० ठूला डिप ट्युववेल सिँचाइ प्रणाली र तीन सय २५ स्यालो ट्युबवेल निर्माण कार्य सम्पन्न गरेको उनले बताए ।

    कार्यालयले चितवन र मकवानपुरका विभिन्न पालिकामा काम गर्दै आएको छ । आयोजनाको भरतपुर महानगरपालिका तथा रत्ननगर, कालिका, राप्ती र खैरहनी नगरपालिका कार्यक्षेत्र हो भने वार्षिक कार्यक्रमले तोकेअनुसार चितवनको माडी र मकवानपुरसमेत हेर्दै आएको उनले जानकारी दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ