Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल सांस्कृतिक संघ द्वारा नव निर्वाचित सांसदलाई बधाई तथा सम्मान कार्यक्रम


ग्लोबल पाना
शुक्रबार, पुस २२ २०७९
  • 293
    SHARES

  • images
    नेपाल सांस्कृतिक संघ द्वारा नव निर्वाचित सांसदलाई बधाई तथा सम्मान कार्यक्रम

    काठमाडौं । आज नेपाल साँस्कृतिक संघ केन्द्रीय समितिले, साँस्कृतिक संघमा आवद्ध रहनुभएका र हालै सम्पन्न आम निर्वाचनमा प्रदेस सभा सदस्य पदका लागि निर्वाचित हुनुभएका माननीयलाई काठमाडौंको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी बधाई पत्र सहित सफल कार्यकालको लागि शुभकामना कार्यक्रम सम्पन्न भएकाे छ ।

    images
    images
    images

    कार्यक्रमको प्रमुख अतिथिको रुपमा सहभागी प्रतिनिधि सभा सदस्य माननीय श्री विनोद कुमार चौधरी साथै विशिष्ट अतिथिमा माननीय श्री टिका बस्याल (लम्जुङ), माननीय श्री मधु कुमार श्रेष्ठ (धादिङ) , माननीय श्री वेदराज सिंह (जाजरकोट) र माननीय श्री रोज राणा (प्युठान) रहनु भएको थियाे ।

    प्रमुख अतिथि चाैधरीले सपना देख्नुस् पूरा नभएसम्म पछ्याइराख्नुस अनि सफल भइन्छ म त्यसै गरि सफल उद्यमी भए भन्नू भयाे । उहाँ पहिले संघर्ष गरेर नै यहाँ सम्म पुगेकाे बताउदै पहिला फिल्म लाइनमा, रेडियाेमा पनि आवद्व रहेकाे कुरा बताउनु भयाे । पढेलेखेका युवाले नपालकाे राजनितिकवाट केही गर्न खाेजिरहेका छन् उनीहरुलाई नेपाली कांग्रेसले ल्याउन सक्नुपर्छ भन्नू भयाे।

    त्यस्तै विशिष्ट अतिथि प्रदेश सांसद राेज राणाले कार्यक्रममा बाेल्दै लाेकतन्त्रकाे जग बसाउने भनेकाे नेपाली कांग्रेस हाे भन्नू भयाे । त्यस्तै, सासंद वेदराज ले जाजरकोटमा विकासकाे जग बसेकाे छ अब यसलाई कसरी माथि लैजान सकिन्छ भन्ने साेच्नेबेला आयकाे छ । गठबन्धन भए पनि चुनावमा मात्र सिमित रह्याे अहिले धाेका भयाे भन्नू भयाे ।

    संघका केन्द्रीय सभापति  तिर्थराज थापाको सभापतित्वमा आयोजित कार्यक्रमको स्वागत मन्तव्य युवा नेता प्रयास ओझाले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन चर्चित हास्य कलाकार एवं संघका महामन्त्री शिवशंकर रिजाल (जोगिन्दर पानवाला) ले गर्नुभएको कार्यक्रमा संघका पदाधिकारी एवं सदस्यज्यूहरु , विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, सञ्चारकर्मीहरु साथै समाजका लब्धप्रतिष्ठित ब्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ