Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अरुण भ्याली हाइड्रोपावरको ७३४.९७ प्रतिशतले नाफामा वृद्धि


ग्लोबल पाना
शुक्रबार, माघ २५ २०८१
  • 339
    SHARES

  • images
    अरुण भ्याली हाइड्रोपावरको ७३४.९७ प्रतिशतले नाफामा वृद्धि

    काठमाडौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा अरुण भ्याली हाइड्रोपावरको खुद नाफा ७३४.९७ प्रतिशतले वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ७३४.९७ प्रतिशतले बढेर १९ करोड ४२ लाख रुपैयाँ पुगेको हो । गत वर्षको यसैअवधिमा कम्पनीले २ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    images
    images
    images

    १ वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी बढेको र खर्च घटेको कारण खुद नाफामा आकर्षक वृद्धि भएको हो । यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी ३४१।२६ प्रतिशतले बढेर १४ करोड १२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ३ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

    यसअवधिमा वित्तीय खर्च १२ करोड २४ लाख रुपैयाँबाट घटेर ७ करोड ७३ लाख रुपैयाँमा सीमित भएको छ । पुस मसान्तसम्म यसको चुक्ता पुँजी ३ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ ०९ पैसा ९बार्षिक० र प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ७२ पैसा छ ।

    arun hydro.jpg

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ