Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

‘परम्परागत शिक्षाले मात्र पुग्दैन, प्रविधिमैत्री शिक्षा आजको आवश्यकता हो’


ग्लोबल पाना
शुक्रबार, माघ २५ २०८१
  • 394
    SHARES

  • images
    ‘परम्परागत शिक्षाले मात्र पुग्दैन, प्रविधिमैत्री शिक्षा आजको आवश्यकता हो’

    काठमाडौं। अहिलेको समय प्रविधिको भएकाले सोही अनुरुप आफूलाई अगाडि बढाउन सक्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। ह्वाइटहाउस लिटरेचर फेस्टिभलमा आफ्नो धारणा राख्दै आइटी क्षेत्रका सरोकारवालाले उक्त कुरा बताएका हुन्। आइटी, एआई र फ्युचर विषयक संवादमा आफ्नो धारणा राख्दै आइटी विज्ञ डा. अमृता शर्माले यसको सदूपयोगबाट मानिसले मनग्य आम्दानी गर्न सक्ने बताएकी छन्।

    images
    images
    images

    ‘आइटी क्षेत्रको सदुपयोका लागि इन्टरनेटको पहुँच भए पुग्छ। यसका लागि धेरै ठाउँ चाहिँदैन। ठूलो झन्झट हुँदैन। अहिले विश्व प्रविधिमैत्री भएको छ। यसलाई हामीले चिन्न सक्नुपर्छ। यसको सही सदुपयोग भएमा मनग्य आम्दानी हासिल गर्न सकिन्छ। युवा पुस्ताले यसको महत्त्व बुझ्दै आफूलाई सोही अनुरुप अगाडि बढाउनुपर्छ,’ उनले भनिन्। कतिपय विद्यार्थीले अध्ययन गर्दै आइटीको सदुपयोगले मासिक डेढ लाखसम्म घरमै बसेर कमाइरहेको उनले उदाहरण प्रस्तुत गरिन्।

    यस्तै अर्का वक्ता उज्ज्वल रोयले एआईले मानिसलाई अल्छि बनाउनेतर्फ भने सचेत हुनुपर्ने बताएका छन्। उनले वर्षेनी बलिया टेक्नोलोजी आइरहेकाले त्यसको सदुपयोग गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे।

    ‘अहिलेको जेनेरेशनसँग धेरै सुविधा छन्। एआई त्यसको नयाँ उदाहरण हो। सकेसम्म प्रत्येक विद्यार्थीले एआई चलाउनु पर्छ। एआईभन्दा मानिस बढी क्रियटिभ हुनु पर्ने हुन्छ। अल्छि गर्नु हुँदैन। एआईभन्दा बढी क्रियटिभ हुन बढी पढ्नुपर्छ,’ उनले भने। परम्परागत शिक्षाले मात्र आजका विद्यार्थी क्रियटिभ हुन नसक्ने उनले औंल्याएका छन्।

    यस्तै अर्की वक्ता सुप्रिया श्रेष्ठले टेक्निकल स्कुल आजको आवश्यकता भएको बताएकी छन्। विश्व आइटी बजारसँग प्रतिस्पर्धा गर्न नेपालमा टेक्निकल स्कुलको आवश्यकता रहेको उनले औंल्याएकी हुन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ