काठमाडौं। नेपाली बजारमा सुनको भाउ शुक्रबार चार सय रुपैयाँले घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ६८ हजार १०० रुपैयाँमा झरेको छ।
यसअघि बिहीबार छापावाल सुनको मूल्य १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको थियो। यसअघि मंगलबार, बुधबार र बिहीबार सुनको भाउ क्रमशः प्रतितोला १९००, २२०० र १६०० रुपैयाँले बढेको थियो।
यता, शुक्रबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १९ सय ८५ रुपैयाँ कायम भएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


