काठमाडौं । श्री ट्रष्ट माइक्रोइन्स्योरेन्स लिमिटेडले आफ्नो जारी पूँजीको ३० प्रतिशत अर्थात् रु. २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गर्दै सम्झौता गरेको छ।
कम्पनीले न्यून आय भएका, पिछडिएका क्षेत्रका बासिन्दा तथा सिमान्तकृत समुदायलाई लक्षित गर्दै लघु बीमा सेवा प्रदान गर्ने उद्देश्य लिएको छ। यसै अनुरूप, विसं २०८० कात्तिक १२ गते निर्जीवन लघु बीमाको इजाजतपत्र प्राप्त गरेको कम्पनीले २०८० चैत १ गतेदेखि बीमा कारोबार सञ्चालन गर्दै आएको छ।
शेयर निष्कासनका लागि भएको सम्झौतामा श्री ट्रष्ट माइक्रोइन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (CEO) उज्वल ढुङ्गाना र एनआइएमबि एस क्यापिटल लिमिटेडका महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्।
कम्पनीले सर्वसाधारणका लागि शेयर जारी गर्ने मिति भने चाँडै सार्वजनिक गर्ने जनाएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


