काठमाडौँ । बैंक अफ काठमान्डु र ग्लोबल आइएमई बैंकको एकीकृत कारोबार सोमबार सुरु भएको छ । मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुवै बैंकको एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।
दुवै बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपछि बन्ने संस्थामा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएका सम्पूर्ण वित्तीय कारोबार एकीकृत कारोबार सोमबारदेखि ‘ग्लोबल आइएमई बैंक लिमिटेड’का नामबाट सुरु भएको हो । ग्लोबल आइएमई बैंकले बैंक अफ काठमान्डुलाई मर्ज गरेपछि देशकै ठूलो बैंक बनेको हो ।
मर्जरपश्चात् बैंकको कुल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३५.७७ अर्ब रुपैयाँ, कुल निक्षेप ४ खर्ब, कुल कर्जा ३ खर्ब ७९ अर्ब रुपैयाँभन्दा बढी भएको बैंकले जनाएको छ ग्लोबल आइएमई बैंकमा योसहित ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित भइसकेका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


