Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

‘सरकारलाई विश्वासको मत दिन आग्रह’


ग्लोबल पाना
सोमबार, पुस २५ २०७९
  • 210
    SHARES

  • images
    ‘सरकारलाई विश्वासको मत दिन आग्रह’

    काठमाडौं । राष्ट्रिय सभाको बैठक नयाँ बानेश्वसरस्थित संसद् भवनमा सुरु भएको छ । सोही क्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पहिलो वैठकको प्रारम्भमा सदस्यलाई स्वागत गरे । बैठकमा लोकतन्त्र प्राप्तिको आन्दोलनमा जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात सहिदप्रति एक मिनेट मौनधारण गरी उहाँहरुप्रति सम्मान प्रकट गरियो ।

    images
    images
    images

    अध्यक्ष तिमिल्सिनाले सदन आह्वान तथा प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाए । अधिवेशन प्रारम्भका अवसरमा दलीय प्रतिनिधित्वका तर्फबाट शुभकामना मन्तव्य दिने क्रममा नेकपा (माओवादी केन्द्र)का उर्मीला अर्यालले नवगठित मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गर्दै विश्वासको मत दिएर नवगठित सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन समर्थन गरी सहयोग पुर्‍याउन आह्वान गरे ।

    उनले भने, “सरकारले ल्याउन लागेको साझा नीति तथा कार्यक्रममा दोहोरो आर्थिक वृद्धिदरसहितको आर्थिक लक्ष्य हासिल गर्ने कार्यक्रम समावेश गरियोस् ।” उनले साझा कार्यक्रममा गरिबी निवारण, नागरिकता विधेयक यथाशीघ्र अनुमोदन, सार्कका गतिविधि चुस्त तुल्याउने, तराई- मधेसका उत्पीडित महिलालाई आर्थिक र स्वरोजगाको मूल प्रवाह ल्याउने विषयमा विशेष ध्यान दिन सुझाव दिए । नेपाली कांग्रेसका रमेशजङग रायमाझीले कांग्रेसको नेतृत्वले स्थानीय तहदेखि केन्द्रसम्मका निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नु महत्वपूर्ण कार्य भएको बताए ।

    उनले भने, “निर्वाचनले मुलुकलाई लोकतान्त्रिक बाटोमा ल्याएर नयाँ सरकार र संसद् गठनको बाटो खुलेको छ । मुलुकबहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा रहे पनि व्याप्त भ्रष्टाचार र बेथिति अन्त्य हुन्छ भन्नेमा ढुक्क हुने अवस्था छैन ।” देशभित्र आफ्नो भविष्य नदेखेर विदेश जान बाध्य युवालाई स्वदेशमा कसरी रोक्ने भन्ने अहिलेको प्रमुख चुनौती रहेको बताउँदै उनले राष्ट्रहित र जनहितमा सरकारले काम गरेका खण्डमा यावत् समस्या समाधान हुने उहाँले विश्वास व्यक्त गरे । उनले भने, “कांग्रेस रचनात्मक प्रतिपक्षको भूमिकामा रही विगतको यथार्थबाट पाठ सिक्दै अगाडि बढ्नेछ ।”

    नेकपा (एमाले) का देवेन्द्र दाहालले प्रतिपक्षलाई वर्तमान सरकारलाई कम्तीमा १०० दिन काम गरेको हेर्न सुझाव दिए । उनले भने, “पछिल्लो १८ महिनामा मुलुकको अर्थतन्त्र धरासयी भएको छ । वर्तमान सरकारले वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेशमै रोजगार उपलब्ध गराउने कुरामा ध्यान दिनुपर्छ ।” नेपालमा वामपन्थीको एकता नटिक्ने अनि सहकार्य चाहिँ हुने अभ्यास देखिएको उल्लेख गर्दे उहाँले सैद्धान्तिक अवधारणाविना पार्टी एकता भएमा स्थायित्व प्राप्त गर्न कठिन हुने धारणा राखे ।सभाका सदस्य दाहालले भन्नुभयो, “वर्तमान सरकारले देशको नेतृत्व गर्न सफल हुनेछ ।

    संसद् भनेको कानुन निर्माण गर्ने थलो हो । तर नेपालमा यो सदन छायामा परेको छ । तराईमा अत्यधिक शीत लहरबाट जनतालाई जोगाउन सरकार लागिपर्नुपर्छ ।”

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ