Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सिटिजन लाइफ इन्स्योरेन्स ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित


ग्लोबल पाना
बुधबार, फागुन १४ २०८१
  • 336
    SHARES

  • images
    सिटिजन लाइफ इन्स्योरेन्स ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई HRM नेपालद्वारा आयोजित अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ को लाइफ इन्स्योरेन्स विधामा कर्पोरेट एक्सिलेन्स अवार्ड बाट सम्मान गरिएको छ । यस अवार्डको लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनी मध्येबाट सिटिजन लाइफ इन्स्योरेन्स यस अवार्ड जित्न सफल भएको छ । नेपाली बीमा कम्पनीहरुको वित्तीय विवरण, सूचांकहरु, सुशासन आदि अध्ययनको आधारमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी उत्कृष्ट कम्पनीको रुपमा पुरस्कृत भएको हो ।

    images
    images
    images

    फाल्गुण १३ गते, मङ्गलबार आयोजित भव्य समारोहका बीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल ज्यू साथै नायव प्रमुख कार्यकारी अधिकृत दिप बहादुर बी. सी ज्यूलाई आयोजकका तर्फबाट अवार्ड प्रदान गरिएको हो ।

    सिटिजन लाइफ नेपालमा बीमाको दीगो विकास रणनीति तथा बीमाको पहुँच बृद्धिका लागि जनस्तरमा पुगेर बीमा सेवा सञ्चालन गर्दै आइरहेको कम्पनी हो । स्थापनाको छोटो अवधीमा सिटिजन लाइफले उत्कृष्ट, नतिजामुखी बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ