Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ४०औं वर्षमा प्रवेश


ग्लोबल पाना
बिहीबार , फागुन १५ २०८१
  • 388
    SHARES

  • images
    नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ४०औं वर्षमा प्रवेश

    काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड ४०औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले सात वर्षदेखि वित्तीय साक्षारतामा आधारित चित्र पुस्तकहरू प्रकाशन गर्दै आएको छ । ३९औँ वार्षिकोत्सवमा पनि बैंकले आफ्नो सातौँ संस्करण डिजिटल बैंकिङको जादुु नामक चित्र पुस्तक सार्वजनिक गरेको छ ।

    images
    images
    images

    उक्त चित्रकथाको एउटा महत्त्वपूर्ण उद्देश्य बालबालिकालाई बैंकिङ प्रणाली तथा यसको प्रभावकारी प्रयोगबारे सचेत गराउनु र अर्को उद्देश्य अभिभावकहरूलाई आधुनिक डिजिटल बैंकिङ सेवाहरूको प्रयोग गर्न प्रेरित गराउनु रहेको बताइएको छ । ३९औँ वार्षिकोत्सवमा बैंकले ग्राहकमाझ नयाँ बचत खाता ‘नव आयाम बचत खाता’ ल्याएको छ । जुन खाता ग्राहकले ३९ रुपैयाँ मौज्दातमै खोल्न सकिनेछ ।

    यसमा ३९ रुपैयाँमा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) सुविधा, ३९ रुपैयाँमा भर्चुवल प्रिपेड कार्ड सुविधा, ३९ रुपैयाँमा डेबिट कार्ड सुविधा, ३९ रुपैयाँमा क्रेडिट कार्ड सुविधा र लकर सुविधामा पनि ३९ प्रतिशत छुट पाउनेछन् । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले हाल २८३ शाखा कार्यालय, २६६ एटीएम, ६५ एक्सटेन्सन काउन्टर, ६६ शाखारहित बैंकिङ काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

    वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडेले ग्राहक, संस्थापक, सेयरधनी, सञ्चालक समिति, नियामक निकाय, कर्मचारी र अन्य सरोकारवालालाई बैंकप्रति देखाइएको विश्वास र निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ