Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सिटिजन लाइफ इन्स्योरेन्सको MDRT 2025 सम्मान कार्यक्रम सम्पन्न


ग्लोबल पाना
आइतबार, फागुन १८ २०८१
  • 517
    SHARES

  • images
    सिटिजन लाइफ इन्स्योरेन्सको MDRT 2025 सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दुइ दिनको MDRT 2025 (Million Dollar Round Table) कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रम २०८१ साल, फागुन ९ र १० गते भरतपुरको चितवन स्थीत, सिराइचुली होटेलमा भव्यताकासाथ सम्पन्न गरिएको थियो । सो कार्यक्रमको मुख्य उद्देश्य यस कम्पनीमा आबद्ध रही एमडीआरटी २०२५ का लागि छनोट भएका साथै कम्पनीले तोकेको व्यवसायिक लक्ष्य हासिल गर्न सफल, उत्कृष्ट लिडरहरुलाई सम्मान गर्नुका साथै आउदो समयका लागि आवश्यक व्यापर रणनीतिहरु बारे छलफल तथा प्रशिक्षण प्रदान गर्नु पनि रहेको थियो ।

    images
    images
    images

    सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले हरेक वर्ष, अघिल्लो आर्थिक वर्षमा उत्कृष्ट कार्य गरेकोे आधारमा कम्पनीमा कार्यरत सिनियर एजेन्सी मेनेजरहरुलाई सो कार्यक्रममा सहभागी गराउदै आएको छ । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेल ज्यू , नायब प्रमुख कार्यकारी अधिकृत श्री दिप बहादुर बि.सी. ज्यू, प्रमुख बजार व्यवस्थापन अधिकृत श्री भुषण रिमाल ज्यू, प्रमुख वित्तीय अधिकृत श्री गोपाल पंगेनी ज्यू, साथै उत्कृष्ट कार्य गर्दै छनोट भएका शाखा प्रमुखहरु र केहि विभागिय प्रमुखहरु गरी ७० जना को सहभागिता रहेको थियो ।

    यस कार्यक्रममा, ४२ जना एम्.डी.आर.टी. क्वालिफायर र ३ जना सि.ओ.टि. (Court Of The Table) क्वालिफायर लाई खादा, माला, प्रमाणपत्र, र पुरस्कार सहित सम्मानित गरियो । यस कार्यक्रमको उद्देश्य सम्मान मात्र नभइ उपस्थित सहभागिहरुलाई प्रशिक्षण प्रदान गर्नु पनि रहेको हुनाले उक्त कार्यक्रममा तालिम प्रदान गर्नका लागि अन्तर्राष्ट्रिय प्रशिक्षक तथा बीमा विशेषज्ञ श्री हिमान्शु जोशी ज्यूको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रशिक्षित सहभागीहरूको क्षमता अभिबृद्धि हुने तथा व्यवसायमा सहयोग मिल्‌ने कम्पनीले विश्वास लिएको छ ।

    यस्तो किसिमको कार्यक्रमले लिडर्सहरुलाई उत्प्रेरणा मिल्नुका साथै काम गर्ने विषयमा नयाँ ढङ्गले सोच्ने र नयाँ तरिका अप्नाएर आफ्‌नो टिमलाई अझै सबल र प्रतिस्पर्धी बनाउन मद्दत मिल्ने गरेको कम्पनीको अनुभव रहेको छ ।

    उक्त कार्यक्रमको समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेल ज्यूले नवीनताको अधारमा सिटिजन लाइफ अघि रहेको र कम्पनीले सफलता हासिल गर्नमा यस कम्पनीका सिटिजन लिडरहरुको मुख्य भूमिका रहेको बताउदै सो सभामा उपस्थित सिटिजन लिडरहरुलाई धन्यवाद ज्ञापन गर्नुभयोे र आउँदो दिनहरुमा अझै व्यापार वृद्धि र व्यक्तिगत वृद्धिको उच्च सम्भाव्यता रहेको विचार प्रस्तुत गर्नुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ