Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नगर सभाले बजेट पारित गर्न नसकेपछि पालिकाका सम्पूर्ण काम प्रभावित


ग्लोबल पाना
बुधबार, पुस २७ २०७९
  • 232
    SHARES

  • images
    नगर सभाले बजेट पारित गर्न नसकेपछि पालिकाका सम्पूर्ण काम प्रभावित

    काठमाडौं । आर्थिक वर्षको आधा अवधि पूरा हुन लाग्दा पनि रौतहटको बौधीमाई नगरपालिकाले हालसम्म चालू आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन नसक्दा नगरपालिकाद्वारा गरिने सम्पूर्ण काम प्रभावित बनेको छ । नगरपालिकाका विभिन्न समिति तथा उपसमिति गठन प्रक्रियामा कार्यपालिकाका सदस्यबीच मतभेद हुँदा नगर सभा नै सम्पन्न हुन सकेको छैन । नगर सभाले बजेट पारित गर्न नसकेपछि पालिकाका सम्पूर्ण काम प्रभावित बनेका छन् ।

    images
    images
    images

    अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम प्रस्तुत गरी बजेट ल्याउनुपर्ने प्रावधान छ । उक्त बजेट असार मसान्तभित्र बहुमत सदस्यबाट पारित गर्नुपर्छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामेश्वरराय यादवका अनुसार चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम तय गर्न नगर सभा हुनुभन्दा अघि आठ पटकसम्म कार्यपालिकाको बैठक बस्यो ।

    बैठकमा आर्थिक समिति, सामाजिक समिति, पूर्वाधार विकास समितिलगायत पाँचवटा मूल समिति र सातवटा उपसमिति गठन प्रक्रियामै कार्यपालिका सदस्यबीच मतभेद भएपछि नगर सभा प्रभावित भई बजेट रोकिएको हो । बजेट पारित नहुँदा पालिकाको दैनिक कार्य, आर्थिक तथा विकास निर्माणलगायतका सम्पूणर् कार्य लथालिङ्ग छन् । शिक्षक र पालिकाका कर्मचारीले छ महिनादेखि तलब पाएका छैनन् भने विद्यालयका बालबालिका दिवा खाजाबाट वञ्चित छन् ।

    पालिकाको विकास निर्माणको काम ठप्प छ । जिल्ला शिक्षक सङ्घका अध्यक्ष रामकृपाल यादव भन्नुहुन्छ, “लामो समयदेखि तलब खान नपाएपछि शिक्षक विद्यालय जान आलटाल गर्न थालेका छन् भने खाजाविहीन बालबालिका विद्यालय जान नै छोडेका छन् ।” कार्यपालिका सदस्यहरूले पालिकाको ६० प्रतिशतभन्दा बढी बजेट माग गरेपछि बजेट पास हुन नसकेको नगरप्रमुख प्रदीप यादवको भनाइ छ । उहाँका अनुसार नगर सभा सम्पन्न गर्न आठ पटकसम्म कार्यपालिकाको बैठक बोलाइयो । बैठकमा सदस्यहरूको बीचमा समन्वय हुन सकेन ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ