काठमाडौं । राष्ट्रिय युवा परिषद् नेपाल र टोखा नगरपालिकाको संयुक्त आयोजनामा ३० जना महिलालाई सात दिने उद्यमशीलता र वित्तीय साक्षरता तालिम सम्पन्न गरिएको छ। विशेष गरी टोखा नेवाः सडक खाजा महोत्सवमा स्टल राख्ने महिलाहरूलाई लक्षित गरी आयोजना गरिएको यो तालिम व्यवसायिक क्षमताको विकास गर्न महत्वपूर्ण रहेको आयोजकले जनाएका छन्।
तालिमका प्रशिक्षक श्यामकाजी खत्रीले उद्यमशीलता विकाससम्बन्धी आधुनिक तालिम प्याकेज र नेपाल राष्ट्र बैंकले निर्धारण गरेको वित्तीय साक्षरता पाठ्यक्रम प्रदान गरेका थिए। तालिममा व्यवसाय कसरी सुरु गर्ने, व्यवसाय असफल हुनुका कारणहरू, उद्यमशीलताका आवश्यक गुणहरू, व्यवसायिक सञ्चालनका महत्त्वपूर्ण पक्षहरू, जोखिम व्यवस्थापन, व्यवसाय विस्तारका रणनीति तथा सरकारी नीति र कानुनी व्यवस्थाहरूबारे विस्तृत जानकारी दिइएको थियो।
तालिमको उद्देश्य महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउँदै उद्यमशीलताको क्षेत्रमा सक्षम बनाउनु रहेको आयोजक संस्थाहरूले बताएका छन्।
.gif)




 x 450 (H) Global Pana.jpeg)


