Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एनआईसी एशिया बैंकद्वारा ग्राहकहरूलाई प्यान अपडेट गर्न आग्रह


ग्लोबल पाना
सोमबार, फागुन २६ २०८१
  • 488
    SHARES

  • images
    एनआईसी एशिया बैंकद्वारा ग्राहकहरूलाई प्यान अपडेट गर्न आग्रह

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकका अनुसार, “आयकर ऐन २०५८“ बमोजिम ग्राहकका खाताबाट गरिएको करकट्टी विवरण नेपाल सरकारको स्थायी लेखा नम्बर प्रणालीमा दर्ता गर्न आवश्यक भएकाले प्यान अद्यावधिक गर्न अनुरोध गरिएको हो ।

    images
    images
    images

    ग्राहकहरूले panupdate.nicasiabank.com वा NIC ASIA MoBank मोबाइल एप प्रयोग गरी प्यान अपडेट गर्न सक्नेछन् । साथै, बैंकका जुनसुकै शाखाबाट समेत आवेदन दिन सकिने व्यवस्था गरिएको छ । बैंकका अनुसार, प्यान अद्यावधिक गरेपछि ब्याज करको विवरण (E-TDS) स्वचालित रूपमा मिलान हुनेछ, जसले करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज बनाउनेछ ।

    प्यान अपडेट नगरिए ब्याज कर दाखिला नभएको अवस्थामा कुनै अतिरिक्त समायोजन बैंकले गर्ने छैन । यदि बैंकलाई प्यान उपलब्ध गराएपछि पनि करकट्टी विवरण समावेश नभएको भए, ग्राहकले नजिकैको शाखा वा ग्राहक सेवा केन्द्र (१६६०–०१–७७७७१, ०१–५९७०१०१) मा सम्पर्क गर्न सक्ने वैंकले जनाएकाे छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ