Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ३१औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न


ग्लोबल पाना
मंगलबार, फागुन २७ २०८१
  • 484
    SHARES

  • images
    हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ३१औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न

    काठमाडौं, २७ फागुन । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ३१औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ । उक्त साधारणसभा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारणसभा अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा अनमोल बैंक्वेट, शंखमुल, काठमाडौंमा सम्पन्न भएको थियो । साधारण सभा र लाभांश वितरणको प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता २०८१ फागुन १५ गते बन्द गरिएको थियो ।

    images
    images
    images

    २०८१ फागुन १४ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिई कम्पनीको लाभांश प्राप्त गर्नेछन् । उक्त साधारणसभाबाट आ.व. ०८०/८१ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन आदि पारित गर्नुका साथै सोही आ.व. को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ८.७५ का दरले हुन आउने रकम रु.२१,८७,६३,७७३।- बराबरको नगद लाभांश समेत पारित गरियो । यसै साधारणसभाबाट आ.व.०८१/८२ को लागि कम्पनीको बाह्रय लेखापरीक्षकको नियुक्ती र पारीश्रमिक समेत लेखापरीक्षण समितिले सिफारिस गरिए बमोजिम अनुमोदन गरियो ।

    उक्त साधारणसभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले कम्पनीको प्रविधि र प्रतिभामा वर्तमानमा गरेको लगानीको माध्यमबाट दीर्घकालिन रुपमा श्रोतहरुको परिचालन गरि दिगो लाभ लिन सकिनेमा विश्वास लिएको बताउनुभयो । साथै उहाँले सबै सरोकारवालाहरुको विश्वास र सहयोगबाट कम्पनीलाई गतिशील बनाउँदै निर्जीवन बीमा क्षेत्रमा अग्रणी रुपमा स्थापित हुनेमा आफू पूर्णरुपमा विश्वस्त रहेको पनि उल्लेख गर्नुभयो ।

    त्यसैगरि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ३१ औं साधारणसभामा आफ्नो स्वागत मन्तव्य राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले नविनतम प्रविधिको प्रयोगबाट निर्जीवन बीमाका ग्राहकहरुलाई सेवा प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रतिष्ठित संस्था बनाउने आफ्नो अधिकतम प्रयास रहेको बताउनुभयो । त्यस्तै साधारण सभामा शेयरहरुका तर्फबाट जगन्नाथ आचार्य, उत्तमदत्त पाण्डे, सुदिप श्रेष्ठ लगायतका शेयरधनीहरुले आफ्नो मन्तव्य राखेका थिए ।

    कम्पनीले ८.७५ नगद लाभांस प्रदान गरेकोमा अधिकांश शेयरधनीहरुले खुशी व्यक्त गरेका थिए । साधारण सभामा सञ्चालक समितिका सदस्यहरु, शेयरधनी महानुभावहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ