Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

कञ्चनपुरमा NAWES द्वारा कुकुर खोप, जनसंख्या नियन्त्रण र विद्यालयमा पशु कल्याण अभियान


ग्लोबल पाना
सोमबार, फागुन ५ २०८१
  • 433
    SHARES

  • images
    कञ्चनपुरमा NAWES द्वारा कुकुर खोप, जनसंख्या नियन्त्रण र विद्यालयमा पशु कल्याण अभियान

    कन्चनपुर । नेपाल पशु कल्याण तथा वातावरण समाज (NAWES) ले नेपालको सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा कुकुरहरूको जनसंख्या व्यवस्थापन र रेविज खोपको महत्वबारे जनचेतना फैलाउने अभियान सञ्चालन गरेको छ । यस अभियानको मुख्य उद्देश्य कुकुरहरूको स्वास्थ्य सुधार गर्नु र जनस्वास्थ्य सुरक्षामा योगदान पुर्‍याउनु हो ।

    images
    images
    images

    NAWES ले कञ्चनपुरका विभिन्न स्थानहरूमा निःशुल्क खोप कार्यक्रम आयोजना गरेको थियो, जसमा सयौं कुकुरहरूलाई रेबिज लगायतका रोगहरूको खोप प्रदान गरिएको छ। साथै, कुकुरहरूको अत्यधिक जनसंख्या नियन्त्रण गर्न नसबन्दी (स्पेइंग) र न्यूटेरिङ्ग कार्यक्रमहरू पनि सञ्चालन गरिएको थियो । यस अभियानले स्थानीय समुदायलाई कुकुरहरूको उचित हेरचाह, खोपको महत्व, र जनसंख्या नियन्त्रणका उपायहरूबारे सचेत गराएको छ ।

    NAWES का प्रतिनिधिहरूले विद्यालय, समुदाय केन्द्र र सार्वजनिक स्थानहरूमा जनचेतना कार्यक्रमहरू सञ्चालन गरी कुकुरहरूको स्वास्थ्य र जनसंख्या व्यवस्थापनमा स्थानीयहरूको सहभागिता प्रोत्साहित गरेका छन् । ल्ब्ध्भ्क् को यो प्रयासले कञ्चनपुर जिल्लामा कुकुरहरूको स्वास्थ्य सुधार र जनसंख्या नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । जसले गर्दा जनस्वास्थ्य सुरक्षामा पनि सकारात्मक प्रभाव परेको छ ।

    NAWES ले कञ्चनपुरमा कुकुरहरूको जनसंख्या व्यवस्थापन र खोपको महत्वबारे मात्र नभई विद्यालयहरूमा पशु कल्याणसम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गरेको छ । यस कार्यक्रम अन्तर्गत, ल्ब्ध्भ्क् का प्रतिनिधिहरूले विद्यालयका विद्यार्थीहरूलाई पशु कल्याण, दयालु व्यवहार, जिम्मेवार पाल्तु जनावर पालन र खोपको आवश्यकताबारे जानकारी दिएका छन् ।

    विद्यार्थीहरूलाई सानै उमेरदेखि नै पशुप्रति संवेदनशील बनाउनका लागि अन्तरक्रियात्मक कार्यक्रम गरि सचेतना फैलाइएको छ । विद्यालयमा भएका कार्यक्रमहरूले बालबालिकाहरूलाई जिम्मेवार नागरिक बन्न प्रेरित गर्नुका साथै उनीहरूलाई आफ्नो समुदायमा घुम्ती वा घरपालुवा जनावरहरूको उचित हेरचाह गर्न प्रोत्साहित गर्ने लक्ष्य लिएको छ। NAWES को यो अभियानले दीर्घकालीन रूपमा समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ