काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले एमालेका सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न निर्देशन दिने बताएका छन् ।
बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीसंग कुरा गर्दै उनले पाएपछि आईजीपीलाई फोन गरेर महतोलाइ पक्राउ गर्न निर्देशन दिएको बताए ।
उनले संसदमै उपस्थित हुँदा आफुले नदेखेको र पछि सञ्चार माध्यमबाट थाहा पाएपछि पक्राउ गर्न भनिएको उल्लेख गरे । सांसद महत्तो मधेस आन्दोलनका क्रममा सशस्त्रका असइ थमन विकको हत्या अभियोगमा फरार सूचीमा रहेका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


