Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

रियलमी सि ७५ छिटै बजारमा आउँदै


ग्लोबल पाना
बुधबार, चैत ६ २०८१
  • 638
    SHARES

  • images
    रियलमी सि ७५ छिटै बजारमा आउँदै

    काठमाडौं, चैत ५ – सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो अहिलेसम्मकै सबैभन्दा बलियो र विशेषतायुक्त स्मार्टफोन रियलमी सि ७५ सार्वजनिक गर्ने भएको छ । उच्च प्रविधि र कार्यक्षमता प्रदान गर्ने रियलमी सि ७५ कठिन परिस्थितिमा पनि उत्कृष्ट प्रदर्शन गर्न डिजाइन गरिएको छ । आईपी ६९ रेटेड वाटर एण्ड डस्ट रेजिस्ट्यान्स तथा ३६० डिग्री सक रेजिस्ट्यान्स फिचर पनि रहेको रियलमी सि ७५ जस्तोसुकै परिस्थितिहरूमा पनि भरपर्दो रहनेछ ।

    images
    images
    images

    आर्मसेल ग्लास, उच्च–स्तरको पानी प्रतिरोधी प्रविधि, एआई पावर्‌ड फिचरहरुका साथमा रियलमी सि ७५ ले स्मार्टफोनको परिभाषा नै बदल्नेछ । बलियोपना र अत्याधुनिक प्रविधिको संयोजन रहेको रियलमी सि ७५ ले दृढ़ता र नवीनतामा नयाँ बेन्चमार्क सेट गर्ने कम्पनीको विश्वास रहेको छ । आईपी ६९ पानी प्रतिरोधी सुरक्षासहित यो २ मिटर गहिराइमा २४ घण्टासम्म पानीमा डुब्न सक्ने क्षमतासहित आउँछ । ६००० एमएएच ब्याट्री र ४५ वाट फास्ट चार्जिङले लामो समयसम्म चल्नुको साथमा छिटो चार्ज हुने सुविधा प्रदान गर्दछ ।

    अत्याधुनिक एआई फिचरहरु, एआई क्लियर फेस र एआई स्मार्ट लुपले फोटोग्राफीले प्रोटक्टीभिटीलाई नयाँ उचाइमा पुर्‍याउनेछ । यसमा रहेको आर्मसेल ग्लासले २६०% बढी ड्रप रेजिस्ट्यान्ट तथा ४००% बढी स्क्राच रेजिस्ट्यान्ट बनाएको छ ।

    ६.७२ इन्चको फुल एचडी डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, अल्ट्रा–स्मूथ र भाइब्रेन्ट डिस्प्लेको साथमा प्रयोगकर्ताले बलियोपना, कार्यक्षमता र डिजाइनको मिश्रण अनुभव गर्न पाउनेछन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ