Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल बैंकको ६५ औं वार्षिक साधारण सभा सम्पन्न


ग्लोबल पाना
बिहीबार , चैत ७ २०८१
  • 389
    SHARES

  • images
    नेपाल बैंकको ६५ औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । नेपाल बैंक लिमिटेडको ६५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। नेपाल एपिएफ. क्लब, हलचोक, काठमाडौंमा बैंकको ६५ औं वार्षिक साधारण सभा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तको वित्तीय विवरणहरू पारित गर्दै सम्पन्न भएको हो ।

    images
    images
    images

    त्यस्तै, सभाले महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू प्रदिप कुमार श्रेष्ठ, मधुवीर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव समेत सर्वसम्मतरूपमा पारित गरेको छ ।

    बैंकको नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका समेत रहेकोमा सम्मानित उच्च अदालत, पाटनको मिति २०८१ चैत्र ५ गतेको अल्पकालिन अन्तरिम आदेशबाट रोकिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ