Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा २५ प्रतिशतसम्म छुट


ग्लोबल पाना
शुक्रबार, चैत ८ २०८१
  • 496
    SHARES

  • images
    ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा २५ प्रतिशतसम्म छुट

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालबीच बैंकका ग्राहकलाई विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ। सम्झौतामा बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटी र अस्पतालका अध्यक्ष गोपालबहादुर पोखरेलले हस्ताक्षर गरेका छन्।

    images
    images
    images

    सम्झौता अनुसार, ग्लोबल आइएमई बैंकका डेबिट/क्रेडिट कार्डधारी तथा बैंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले अस्पतालका विभिन्न सेवामा छुट पाउनेछन्। यस अन्तर्गत अस्पतालका ओपीडी, प्रयोगशाला परीक्षण, एक्स–रे, अल्ट्रासोनोग्राफी, सामान्य बेड, अपरेशनलगायत सेवाहरूमा २५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। समझौतापछि अध्यक्ष पोखरेलले यस सहकार्यले अस्पतालको सेवा विस्तारमा टेवा पुग्ने र गुणस्तरीय स्वास्थ्य सेवा सहज दरमा उपलब्ध गराउने बताए।

    बैंकका लुम्बिनी प्रदेश प्रमुख शिवाकोटीले बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ता वृद्धि हुने विश्वास व्यक्त गरे। ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको सबैभन्दा ठूलो निजी वाणिज्य बैंक हो। बैंकले १,१०० भन्दा बढी सेवा केन्द्रबाट वित्तीय सेवा दिँदै आएको छ।

    साथै, अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, दक्षिण कोरिया, जापान, भारत, मध्यपूर्वका मुलुकलगायत विभिन्न देशबाट रेमिट्यान्स भित्र्याउँदै नेपालको अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ