Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एनआईसी एशिया बैंकद्वारा नयाँ वर्ष २०८२ को डिजिटल क्यालेन्डर सार्वजनिक


ग्लोबल पाना
आइतबार, चैत १० २०८१
  • 505
    SHARES

  • images
    एनआईसी एशिया बैंकद्वारा नयाँ वर्ष २०८२ को डिजिटल क्यालेन्डर सार्वजनिक

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ वर्ष २०८२ को अवसरमा डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहक तथा सरोकारवालाहरूलाई नयाँ वर्षको शुभकामना दिँदै सहज रूपमा क्यालेन्डर प्रयोग गर्न मिल्ने डिजिटल स्वरूप प्रस्तुत गरेको हो ।

    images
    images
    images

    बैंकका अनुसार डिजिटल क्यालेन्डर प्रयोगकर्तामैत्री छ, जसमा नेपाली पात्रो, महत्वपूर्ण चाडपर्व, बैंकिङ छुट्टिहरू तथा अन्य उपयोगी जानकारी समावेश गरिएको छ । प्रविधिसँगै अघि बढ्ने प्रतिबद्धताका साथ बैंकले डिजिटल सेवा विस्तार गरिरहेको र यो क्यालेन्डर त्यसको एउटा उदाहरण भएको बैंकले जनाएको छ ।

    बैंकले ग्राहकलाई डिजिटल माध्यमबाट बैंकिङ सेवा उपलब्ध गराउने रणनीति अनुसार नै डिजिटल क्यालेन्डर सार्वजनिक गरिएको जानकारी दिएको छ । नयाँ वर्ष २०८२ ले सम्पूर्ण ग्राहक, साझेदार तथा सरोकारवालाहरूमा नयाँ आशा, भरोसा र उमंग प्रदान गरोस् भन्ने शुभेच्छासहित बैंकले यो पहल ल्याएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ