Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

घट्याे बैंककाे ब्याजदर, माघ १ देखि लागू हुने


ग्लोबल पाना
बिहीबार , पुस २८ २०७९
  • 367
    SHARES

  • images
    घट्याे बैंककाे ब्याजदर, माघ १ देखि लागू हुने

    काठमाडौं । पछिल्लो समय बैङ्किङ प्रणालीमा तरलता थपिएकाले ब्याजदर घटाउने अवस्था आएको निष्कर्षमा बैङ्करहरू पुगेसँगै यस्तो निणर्य आएको हो । एसोसिएसनका अनुसार नियामक नेपाल राष्ट्र बैङ्कको निर्देशिकाअनुसार नै ब्याजदर घटाउने निणर्य गरिएको हो ।

    images
    images
    images

    राष्ट्र बैङ्कको निर्देशिकाअनुसार बैङ्क तथा वित्तीय संस्थाले १० प्रतिशतसम्म ब्याजदर घटबढ गर्न पाउँछन् । सोहीअनुसार माघदेखि ब्याजदर घट्ने भएको हो । निक्षेपको ब्याज घटेसँगै बैङ्कहरूले आधार दर परिवर्तन हुने भएकाले आधार दरका आधारमा कर्जाको पनि ब्याजदर घट्ने भएको छ ।

    एसोसिएसनले निक्षेपको ब्याजदर १० प्रतिशतले घटाउने भद्र सहमति गरेसँगै बैङ्किङको पाँच हजार ३११ अर्बको कुल निक्षेप मा एक हजार ३७१ अर्ब (२५.८१ प्रतिशत) बचत निक्षेपको ब्याजदर १.१ प्रतिशतले तत्कालै घट्छ, यसले १२५ करोड रुपियाँ मासिक ब्याज खर्च घट्छ भने कुल निक्षेपमा ३३२ अर्ब (६.२६ प्रतिशत) मा ०.५५ प्रतिशतले ब्याजदर गर्दा तत्कालै १५ करोड मासिक ब्याज खर्च घट्छ ।

    यसरी १४० करोड ब्याज खर्च मासिक रूपमा तत्काल घट्ने भएको छ । मुद्दती निक्षेपको ब्याजदर बिस्तारै घट्दै जाँदा यसले गर्दा बैङ्किङको आधार दर घट्न गई औसत कर्जाको ब्याजदर १२.६३ प्रतिशतबाट घट्ने भएको छ । एनएमबी बैङ्कका सीईओ वर्तमान उपाध्यक्ष सुनील केसी बैङ्कर्स एसोसिएसनको अध्यक्ष चुनिएलगत्तै माघदेखि ब्याजदर घटाउने निणर्य गरिएको हो ।

    ब्याजदर घटाउने निणर्यसँगै सेयर बजारमा भने सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ