Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

भव्य रुपमा मनायो माछापुच्छ्रे बैंकले ग्लोबल मनी सप्ताह


ग्लोबल पाना
मंगलबार, चैत १२ २०८१
  • 360
    SHARES

  • images
    भव्य रुपमा मनायो माछापुच्छ्रे बैंकले ग्लोबल मनी सप्ताह

    काठमाडौं । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने ग्लोबल मनी विक २०२५ माछापुच्छ्रे बैंक लिमिटेडले भव्य रुपमा मनाएको छ। यस वर्ष मार्च १७ तारिख देखि २३ तारिखसम्म परेको यस कार्यक्रमअर्न्तगत बैंकले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयमार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रम आयोजना गरेको थियो।

    images
    images
    images

    बैंकले देशका ७ वटै प्रदेशमा स्थानिय स्कुल, कलेजसंग समन्वय गरेर विभिन्न तहका विद्यार्थीहरुलाई लक्षित गर्दै अन्तक्रिया कार्यक्रमहरुको आयोजना गरी ग्लोबल मनी विक २०२५ मनाएको हो। माछापुच्छ्रे बैंकले आम ग्राहक वर्गलाई लक्षित गर्दै यसअघि पनि विभिन्न समयमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्दै आएको थियो।

    हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएममार्फत १६ लाखभन्दा बढी ग्राहक महानुभावलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ