Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा काठमाडौं बाल अस्पताल निर्माणका लागि ५ लाख सहयोग


ग्लोबल पाना
बिहीबार , चैत १४ २०८१
  • 510
    SHARES

  • images
    सिटिजन लाइफ इन्स्योरेन्सद्वारा काठमाडौं बाल अस्पताल निर्माणका लागि ५ लाख सहयोग

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं बाल अस्पताल निर्माणको लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । गत वर्ष पनि कम्पनीले अस्पताललाई आर्थिक सहयोग प्रदान गरेको थियो । काठमाडौं बाल अस्पताल निर्माणको उद्देश्य नेपालका लाखौं बालबालिकाको बढ्दो स्वास्थ्य सेवा आवश्यकता, विशेष गरी निम्न आय परिवारको बालबालिकाहरुको लागी किफायती, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु हो ।

    images
    images
    images

    यस महत्वपूर्ण परियोजना निर्माणको लागि सिटिजन लाइफ इन्स्योरेन्सका अध्यक्ष श्री प्रदीप जंग पाण्डे ज्यू र प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेल ज्यूले काठमाडौं इन्स्टीच्युट अफ चाइल्‌ड हेल्‌थका अध्यक्ष प्रोफेसर डा. भगवान कोइरालालाई पाँच लाखको चेक हस्तान्तरण गरेका छन् । सिटिजन लाइफको यस सहयोगले काठमाडौं बाल अस्पताल निर्माणलाई केहि मद्दत हुने अपेक्षा राखेको छ । सिटिजन लाइफले आफ्‌नो सामाजिक जिम्मेवारी अन्तर्गत विभिन्न पहलहरु गर्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रमहरु सञ्चालन गरी आफ्‌नो दायित्व पूरा गर्दै आएको छ ।

    सिटिजन लाइफले विभिन्न शैक्षिक, स्वास्थ्य र पर्यावरणीय कार्यक्रमहरुको आयोजना गरी नेपालका विभिन्न स्थानमा सामाजिक सुधारका लागि काम गर्दै आएको छ । भविष्यमा पनि कम्पनीले यस्ता सहयोग साथै अरु पनि सामाजिक उत्तर्दायित्वलाई निरन्तरता दिदैँ समुदायमा साकारात्मक प्रभाव पुर्‍याउने प्रयास गर्ने प्रतिवद्धता जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ