काठमाडौं । एभरेष्ट बैंकले नयाँ वर्ष २०८२ का लागि तयार पारेको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ। नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रूपमा लामो समयदेखि खेलिँदै आएका परम्परागत खेलकुदलाई विषयवस्तु बनाइएको क्यालेन्डरको अनावरण बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले एक विशेष समारोहका बीच गरेका हुन्।
सो अवसरमा बैंकका अन्य उच्च पदस्थ अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। एभरेष्ट बैंकले हरेक वर्ष नेपाली धर्म, संस्कृति, पर्यटन तथा पुरातात्विक महत्व झल्काउने विषयवस्तु समेट्दै कर्पोरेट क्यालेन्डर प्रकाशन गर्दै आएको छ।
यस वर्षको क्यालेन्डरले नेपालका मौलिक खेलकुदको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


