काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको छ । इन्स्योरेन्सले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश जम्मा गर्न सुरु गरेको जनाएको छ ।
यता, कम्पनीले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ। अपडेट गरेपछि लाभांश पाइनेछ ।
कम्पनीको साधारण सभाले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश र १.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


