काठमाडौं । एन आई सी एशिया बैंकले इसेवा वालेट प्रयोगकर्ताका लागि नयाँ डिजिटल बैंकिङ्ग सेवा सुरुवात गरेको छ । अब यस बैंकका एटिएमहरूबाट एटिएम कार्ड बिना नै इसेवा वालेटमा रहेको रकम सजिलै झिक्न सकिने सुविधा उपलब्ध गराइएको छ ।
बैंकका अनुसार मुलुकभर रहेका ६७० एटिएमहरूबाट सहज प्रक्रिया अपनाई इसेवा वालेटबाट नगद निकाल्न सकिन्छ । यस सेवाको प्रयोग गर्न प्रयोगकर्ताले इसेवा एपमा लगइन गरी Financial Payments अन्तर्गत रहेको ATM Withdrawal अप्सनमा एन आई सी एशिया बैंक छनोट गर्नुपर्छ ।
त्यसपछि, १,००० देखि ५,००० रुपैयाँसम्मको रकम छान्न सकिन्छ। इसेवा पिन प्रविष्ट गरेपछि प्रयोगकर्ताले मोबाइलमा ओटीपी कोड प्राप्त गर्नेछन् । बैंकका एटिएममा रहेको Cardless Withdrawal विकल्पमा गई Other Cardless अप्सन चयन गरेर इसेवा वालेटबाट प्राप्त ओटीपी कोड प्रविष्ट गरेपछि नगद निकाल्न सकिन्छ ।
यस सेवामार्फत प्रयोगकर्ताले प्रतिदिन अधिकतम पाँच कारोबार गरी ५,००० रुपैयाँ र मासिक २५,००० रुपैयाँसम्मको नगद निकाल्न सक्नेछन् । बैंकले यो सेवाले डिजिटल वित्तीय पहुँचलाई थप सरल बनाउने विश्वास लिएको छ। समाचार तयार गरिएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


