Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

उद्योग व्यवसायीका समस्या राष्टको समस्या : शेखर गाेल्छा


ग्लोबल पाना
शुक्रबार, पुस २९ २०७९
  • 226
    SHARES

  • images
    उद्योग व्यवसायीका समस्या राष्टको समस्या : शेखर गाेल्छा

    भक्तपुर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसायीका समस्या राष्टको समस्या भएको बताएका छन् । भक्तपुर उद्योग वाणिज्य संघको शुक्रबार भएको ३५औ वार्षिक साधारण सभा २०७९ को उदघाटन गर्दै उनले उद्योग व्यवसायीका समस्या समाधान भए मात्रै आर्थिक उन्नति हुने भएकाले उनीहरूका समस्या देशकै समस्या भएको बताए ।

    images
    images
    images

    उनले लगानीको वातावरण नबनेसम्म समृद्धि असम्भब हुने बताए । त्यही कारण उद्योगमा लगानी गर्ने वातावरण वनाउन नयाँं सरकारसँंग उनले विशेष आग्रह गरे । लागनीको वातावरण नबनेसम्म रोजगारी सृजना नहुने र रोजगारीको राम्रो व्यवस्था नभएसम्म मलुकको समृद्धि असम्भव भएको दाबी गरे । यही कारण महासंघ अहिले अर्थतन्त्र जोगाऔं अभियानमा जुटिरहेको उनले जनाए । अहिलेको लागि अर्थतन्त्र जोगाउनुमात्रै पनि ठूलो उपलब्धी भएको उनले सुनाए ।

    यही कारण अहिले अर्थतन्त्र जोगाउने अभियानमा महासंघ जुटेको उनको भनाई थियो । अध्यक्ष गोल्छाले मुलुक रेमिट्यान्सको भरम चल्नु समग्र देशकै लागि खतरा भएको बताए । नेपालको अर्थतन्त्र ध्वस्त भई असफल राष्टमा जानेतिर उनले विशेष चिन्ता व्यक्त गरे । यसकारण रेमिट्यान्सको भरमा मात्रै बस्नु ठूलो गल्ती हुने उनको ठम्याई छ । उनले अहिले वनेको नयाँं सरकारले पूर्वाधारमा जोड दिनुपर्ने बताए ।

    नेपालमा पर्यटन र रोजगारीलाई विशेष ध्यान दिन उनले सरकारलाई सुझाए । अहिले वार्षिक १० लाख पर्यटक नेपाल भित्रिरहेकोमा त्यसलाई १० गुणा बढाउने गरी योजना ल्याउनुपर्ने उनको भनाई थियो । विश्वका विपन्न भियतनामलगायतका देशहरूले पनि वार्षिक चालीस ५० हजार पर्यटक भित्र्याउन सफल भइरहेको भन्दै उनले नेपाल जस्तो सुन्दर देशले सजिलै अत्याधिक पर्यटक भित्राउन सकिने विचार राखे ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ, महासंघकै वस्तुगततर्फका उपाध्यक्ष अन्जनकुमार श्रेष्ठ, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरलगायतले देशमा लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा उत्कृष्ट निर्यातकर्ताहरुलाई सम्मान गरिएको थियो ।

    हिमालयन मिट वेयर प्रालि, नेपाल ह्याण्ड मिट, प्रधार्नाग एप्रोन इन्डष्टी, श्री सिद्धिगणेश तरकारी प्रशोधनलाई उत्कृष्ट निर्यातकर्ता घोषणा गरी सम्मान गरिएको थियो । कार्यक्रममा २०७९ सालको निर्वाचनमा भक्तपुर जिल्लाबाट प्रत्यक्ष तथा समानुपातिकतर्फबाट निर्वाचित संघीय सांसदहरूलाई सम्मान गरिएको थियो ।

    साथै भक्तपुर उद्योग वाणिज्य संघकोतर्फबाट महानगरीय ट्राफिक प्रहरी कार्यालय कमलविनायक भक्तपुरका प्रमुख प्रहरी सहायक निरीक्षक ब्रजेशकुमार झालाई संघकोतर्फबाट प्रिन्टर सहयोग वितरण गरेका थिए । कार्यक्रममा संघको बुलेटिन पनि विमोचन गरिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ