Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अपाङ्गता भएका व्यक्तिले गरे उद्योग सञ्चालन


ग्लोबल पाना
शनिबार, पुस ३० २०७९
  • 228
    SHARES

  • images
    अपाङ्गता भएका व्यक्तिले गरे उद्योग सञ्चालन

    कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालीका-७ का पुरनसिंह धामी रोजगारीको सिलसिलामा भारतमा रहेका बेला दिल्लीमा मोटरसाइकल दुर्घटनामा परेर अपाङ्ग भए । डेढ दशक भारतमा मजदुरी गर्दै आएका धामीले सडक दुर्घटनामा परी अपाङ्गता जीवन बिताउनुपरेको पीडालाई भुलेर अहिले गाउँमै विभिन्न प्रकारका मसला उत्पादन गर्ने ‘सुदूरपश्चिम मसला उद्योग’ सञ्चालनमा ल्याएकाे छ ।

    images
    images
    images

    उनले सुरुआतमा रु २० लाख लगानीमा सुदूरपश्चिम मसला उद्योग सञ्चालनमा ल्याए । “भारतमा मजदुरी गरेर घरखर्च चलाइराखेको थिए, दुर्घटनामा परेर यस्तो जीवन बिताउनुपर्ने बाध्यता आइलाग्यो,” धामीले दुखेसो गरे, “तैपनि हरेस नखाएर परिवारको खर्च टार्न उद्योग सञ्चालनमा ल्याएको छु ।” उनले बैंकबाट ऋण लिएर उद्योग सञ्चालन गरेका हुन् ।

    स्वदेशमै उद्योग सञ्चालनमा ल्याए पनि भारतीय मसलाहरुका कारण बजारमा प्रतिस्पर्धा गर्न निकै चुनौती रहेको बताइएको छ । “भारतबाट मिसावटका मसलाहरूले यहाँको बजार प्रभावित गरेको छ”, धामी थप्छन्, “व्यापारी तथा उपभोक्ताले गुणस्तरको स्वदेशी मसला उपभोग गर्नुभन्दा सस्तो हेर्ने गरेका छन ।”

    सुरुआती अवस्थामा निकै सङ्घर्ष गर्नुपरेको अनुभव उनीसँग छ । शारीरिकरूपमा अशक्त भए पनि उनी बजारमा तीन पाङ्ग्रे स्कुटर लिएर आफैँ निस्किनछन् । “अरूको देशमा कति दुःख गर्ने आफ्नै देशमा केही गरौँ भन्ने उद्देश्यले उद्योग चलाएको हुँ”, धामीले भने, “यहाँ स्थानीय उत्पादनलाई बजारमा प्रतिस्पर्धा गर्न धेरै चुनौती छ ।”

    आफू अशक्त हुँदा शारीरिकरूपले उद्योगमा काम गर्न असहज हुँदा पनि नियमित काम गरिरहेको उनले बताए । भारतमा मसला उद्योगमा काम गरेकोे अनुभवले काम गरिरहेको धामीले सुनाए । सुदूरपश्चिम मसला उद्योगबाट बेसार, खुर्सानी, जिरा धनियाँ, मिटा, सब्जी, गरम, चिकन मसला, काली मिर्च, चिया, राइता एन्ड लस्सी र मिक्स मसला उत्पादन भइरहेका छन ।

    भारतीय मसला सस्तो मूल्यमा पाइन्छन् भन्ने भ्रम उपभोक्तामा छ”, उनले भने, “स्थानीय उत्पादन गुणस्तरका हिसाबले निकै उपयुक्त छ, स्वाथ्यका लागि पनि फाइदाजनक छ हाम्रो उत्पादनमा मिसावट छैन ।” त्यहाँ मसला उत्पादनको लागि सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला, बैतडी, डडेलधुराबाट कच्चा पदार्थ ल्याइन्छ ।

    उद्योगमा चार जनाले रोजगारी पाएका छन् । “यसैबाट घरखर्च चलेको छ”, उनले भने, “सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने भनेपनि हालसम्म सहयोग पाएको छैन ।” दुईवटा छोराछोरीको पढाइ र घरपरिवारको खर्च उद्योगकै कामबाट चलेको छ । “आफूसँग लगानी नभएका कारण उद्योगलाई थप विस्तार गर्न सकेको छैन”, उनले भने, “अहिले सुरुआतको ऋण तिर्न सकिएको छैन पछि लगानी भयो भने थप विस्तार गर्छु ।”

    उद्योग सञ्चालनका लागि सरकारी निकायबाट कुनै सहयोग नपाएको धामीको गुनासो छ । स्थानीयस्तरमै आयमूलक काममा लाग्नेलाई प्रोत्साहन स्वरूप विभिन्न सीपमूलक तालिम/प्रशिक्षण र सुरुआती अवस्थामा सर्तसहित लगानीको व्यवस्था सरकारी पक्षबाट गर्नुपर्ने उनले सुनाए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ