Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता सम्पन्न


ग्लोबल पाना
शुक्रबार, वैशाख १२ २०८२
  • 455
    SHARES

  • images
    माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता सम्पन्न

    काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंक लि. ले कुवेत स्थित अल मुजैनी एक्सचेन्जसंग औपचारिक सम्झौता गरेको छ । माछापुच्छ्रे बैंक लि. ले कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ कुबेत स्थित अल मुजैनी एक्सचेन्जसंग सहकार्य गरि विधिवत रुपमा रेमिटेन्स सेवा शुरुवात गरेको हो ।

    images
    images
    images

    बैंकले मिति २०८२/०१/११ गते विहिबारका दिन कुवेत स्थित होटल मिलेनियम साल्मियामा एक औपचारिक कार्यक्रमको आयोजना गरि अल मुजैनी एक्सचेन्जसंग औपचारिक रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । माछापुच्छ्रे बैंक लि.का अध्यक्ष श्री रोशन के.सी ज्यूको समुपस्थिति सम्पन्न उक्त औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंक लि का प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एवं कुवेत स्थित अल मुजैनि एक्चेन्ज का महाप्रवन्धक :च। ज्गनज ँभचलबलमभक ले सम्झौता एकआपसमा हस्तान्तरण गर्नु भएको हो ।

    कुवेत स्थित नेपाली राजदुतावासका लागि कार्यबाहक राजदुत श्रीमती सुजनी राणाको प्रमुख आतिथ्तामा सम्पन्न उक्त औपचारिक कार्यक्रममा गैर आवासिय नेपाली संघ कुवेत का अध्यक्ष रणध्वज लामा, लगायत गैर आवासिय संघका प्रतिनिधिहरु, कुवेत स्थित विभिन्न नेपाली संघ संस्था का प्रतिनिधि हरु एवं पत्रकार लगायत कुवेतमा कार्यरत थुप्रै नेपालीहरुको पनि उपस्थिति रहेको थियो । सोही कार्यक्रमा बैंकले तयार पारेको बैंकको कभर गीत सार्वजनीक गरेको थियो । बैंकका पूर्व सञ्चालक श्री हरिभक्त सिग्देल ज्यूले रचना गर्नुभएको उक्त कभर गीत बैंकका सञ्चालक समितिका अध्यक्ष श्री रोशन के.सी ज्यू एंव कुवेत स्थित नेपाली राजदुतावासका लागि कार्यबाहक राजदुत श्रीमती सुजनी राणा ज्यूले संयुक्तरुपमा सार्वजनीक गर्नुभएको थियो ।

    सार्वजनीक गरिएपश्चात उक्त गीत बैंकले आफ्‌ना सम्पूर्ण सामाजिक सञ्जालहरुमा प्रशारण/प्रकाशन गर्नेछ । माछापुच्छ्रे बैंकले कुवेतमा उक्त सेवा सुरुवात गरे पश्चात अव कुवेतमा रहेका नेपालीहरुले कुवेत स्थित अल मुजैनी एक्सचेन्जका १४५ वटा शाखाबाट पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिनेछ ।

    साथै बैंकले अल मुजैनी एक्सचेन्जबाट पठाइएको रेमिटेन्स नेपालका जुनसुकैै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था मिलाएको छ । स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्‌ना १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएमहरु मार्फत १७ लाख भन्दा बढि ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ