काठमाडौँ । काठमाडौँको पशुपतिनाथको जङ्गलमा जलेको अवस्थामा शव फेला परेको छ । हाल अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेको र शव नजिकै बोतलमा पेट्रोल पनि भेटिएको छ । किरातेश्वर मन्दिर भन्दा तल शब भेटिएको हो ।
शरीर पुरै जलेको अवस्थामा फेला परेको छ । शव नजिकै बोतलमा पेट्रोल पनि भेटिएको र पुगेर अनुसन्धान अघि बढाएको छ । पेट्रोल छर्केर आगाले लगाएको आशङ्का गरिएको छ ।
मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले बताएको छ । मृतकको सनाखत हुन सकेको छैन ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


