Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

जहाजमा लागेको आगो निभाइयो, अहिलेसम्म कोही पनि जीवित भेटिएनन् !


ग्लोबल पाना
आइतबार, माघ १ २०७९
  • 219
    SHARES

  • images
    जहाजमा लागेको आगो निभाइयो, अहिलेसम्म कोही पनि जीवित भेटिएनन् !

    काठमाण्डौ । पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त हुँदा लागेको आगो नियन्त्रणमा आएको छ।

    images
    images
    images

    आइतबार बिहान काठमाण्डौबाट उडेको एटिआर ७२ विमान पोखरा महानगरपालिका-१५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको थियो । दुर्घटनापछि जहाजमा ठुलो आगो लागेको थियो ।

    सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। अहिलेसम्म ३५ जनाको शव फेला परेको उनको भनाई छ ।

    ती शवलाई गण्डकी अस्पतालमा लगिएको छ। तर, अहिलेसम्म कोही पनि जीवित भेटिएका छैनन्। जहाजमा ६८ जना यात्रु र चालक दलका चार जना सदस्य सवार थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ