Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेपालमा लगानीको आह्वान, चिनियाँ र बङ्गलादेशी प्रतिनिधिमण्डलसँग व्यापार प्रवद्र्धनमा छलफल


ग्लोबल पाना
शनिबार, वैशाख २७ २०८२
  • 342
    SHARES

  • images
    नेपालमा लगानीको आह्वान, चिनियाँ र बङ्गलादेशी प्रतिनिधिमण्डलसँग व्यापार प्रवद्र्धनमा छलफल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न विदेशी व्यवसायीहरूलाई आग्रह गरेका छन्। नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०२५ को अवसरमा नेपाल आएका चीन र बङ्गलादेशका प्रतिनिधिमण्डललाई स्वागत गर्दै उनले पर्यटन, जलविद्युत्, स्वच्छ ऊर्जा, कृषि र विद्युतीय सवारीसाधनजस्ता क्षेत्रमा लगानीको व्यापक सम्भावना रहेको बताए।

    images
    images
    images

    ढकालले चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार रहेको उल्लेख गर्दै दुबै देशबीच आपसी सहकार्य र संयुक्त लगानीका लागि वातावरण तयार रहेको धारणा राखे। उनले नेपालमा लगानी मैत्री नीतिहरू लागू गरिएको र इच्छुक व्यवसायीहरूका लागि महासङ्घले सहजीकरण गर्न तयार रहेको जानकारी गराए।

    महासङ्घमा आयोजित छलफलमा नेपाल–चीन द्विपक्षीय व्यापार असन्तुलन न्यूनीकरण, संयुक्त लगानी, र सीमापार व्यापार सुदृढीकरणबारे व्यापक संवाद भएको थियो। वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाली उत्पादनको निर्यात विस्तारमा चीनको सहयोग आवश्यक रहेको बताए।

    चाइना ट्रेड ब्यूरोका महानिर्देशक लिउ डायन समले चीनबाट नेपालमा विभिन्न क्षेत्रमा लगानी भइरहेको उल्लेख गर्दै भविष्यमा सहयोग अझ सशक्त हुने आश्वासन दिए। चिनियाँ दूतावासका सेकेन्ड सेक्रेटरी लि चाउले नेपालमा चिनियाँ व्यवसायिक सहभागिता विस्तारका लागि दूतावास सधैँ सकारात्मक रहेको जनाए।

    महासङ्घका उपाध्यक्षहरू हेमराज शर्मा र ज्योत्सना श्रेष्ठले क्रमशः उद्योगमा चिनियाँ प्रविधि र अनुभवको योगदान र पर्यटन क्षेत्रमा सहकार्यको आवश्यकता औंल्याए। व्यापार मेला समितिका सभापति उमेश डालमियाले चिनियाँ व्यापार मेलामा नेपाली व्यवसायीहरूको सहभागिता सुनिश्चित गर्न सहयोगको माग गरे।

    नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०२५ वैशाख २५ गतेदेखि सुरु भएको हो। मेला सचिवालयका अनुसार शुक्रबार करिब पाँच हजार दर्शकले मेलाको अवलोकन गरेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ