गोरखा, बैशाख ३१ । मर्स्याङ्दी नदीमा निर्माण हुने ९० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। एम. ए. पावर प्रा. लि. द्वारा प्रवद्र्धित यस आयोजना गोरखा जिल्लाको पालुङटार, लमजुङको राईनास र तनहुँको भानु नगरपालिका हुँदै बग्ने मर्स्याङ्दी नदीमा निर्माण हुने हो।
कुमारी बैंक लिमिटेडको नेतृत्वमा आयोजित लगानी सम्बन्धी सम्झौतामा प्रभु बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सानिमा बैंक, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक तथा सांग्रिला डेभलपमेन्ट बैंकको समेत सहभागिता रहेको छ ।
कुल रु. १५ अर्ब १८ करोड ७५ लाख बराबरको ऋण लगानीमा आयोजना अघि बढ्नेछ। सम्झौतामा एम. ए. पावर प्रा. लि. का अध्यक्ष अनुप आचार्य तथा कुमारी बैंकका प्रमुख व्यवसाय अधिकृत क्षितिज खड्काको उपस्थितिमा हस्ताक्षर गरिएको हो । स्वपुँजी लगानीतर्फ श्री अनुप आचार्य, श्री हरिबाबु न्यौपाने र श्री दीपक बरालले नेतृत्व लिनेछन् भने डोल्मा इम्प्याक्ट फण्डले ४९ प्रतिशतसम्म संस्थापक सेयरको स्वपुँजी लगानी गर्नेछ ।
यसै समुहबाट प्रवद्र्धित सेतीखोला हाईड्रोपावर लिमिटेडमार्फत २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग २०८० साल कात्तिक १ गते बिजुली खरिद सम्झौता गरिसकेको छ भने व्यावसायिक उत्पादन २०८६ साल बैशाख २२ गतेबाट सुरु गर्ने लक्ष्य लिइएको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका लागि अन्तिम चरणमा पुगेको जानकारी दिँदै अध्यक्ष आचार्यले आयोजनाबाट उत्पादित विद्युत् ११.६ किलोमिटर दूरीको २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत मार्किचोक सब–स्टेशनमा जोडिने बताए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


