Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंकका नयाँ शाखा सञ्चालनमा, स्थानीय स्तरमै गुणस्तरीय बैंकिङ सेवा विस्तार


ग्लोबल पाना
बुधबार, वैशाख ३१ २०८२
  • 458
    SHARES

  • images
    स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंकका नयाँ शाखा सञ्चालनमा, स्थानीय स्तरमै गुणस्तरीय बैंकिङ सेवा विस्तार

    स्याङ्जा, बैशाख ३१ । ग्रामीण क्षेत्रदेखि शहरी केन्द्रसम्म सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएको गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लाको विरुवा र अर्जुनचौपारीमा नयाँ दुई शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

    images
    images
    images

    बुधबार एक समारोहका बीच विरुवा शाखाको समुद्घाटन गरिमा विकास बैंकका अध्यक्ष श्री दिलिप प्रताप खाँड र विरुवा गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवरले संयुक्त रूपमा गर्नुभयो । यस्तै, अर्जुनचौपारी शाखाको समुद्घाटन गाउँपालिका उपाध्यक्ष सपना गुरुङ र अध्यक्ष खाँडले संयुक्त रूपमा गर्नुभएको हो ।

    समुद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, व्यवसायी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । बैंकले नवनिर्मित शाखामार्फत स्थानीय बासिन्दा, व्यवसायिक फर्म तथा संघसंस्थाहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

    गरिमा विकास बैंक लिमिटेडले हाल देशभर १२५ शाखा, १ एक्स्टेन्सन कार्यालय तथा ५० एटिएममार्फत करिब ९ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले नयाँ शाखा विस्तारसँगै स्याङ्जा क्षेत्रको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने विश्वास लिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ