काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले जेठ २६ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा काठमाडौंस्थित आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजे बस्ने छ । सभाले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ०।४२१ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, सभाले ७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेकोमा बोनस शेयर वितरणपछि नियामक निकायले तोकेको चुक्ता पूँजी पुग्ने भएकाले उक्त निर्णय रद्द गर्नेछ।
यसका साथै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्ष नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


