Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेपाली कांग्रेस रूपा गाउँपालिका दोस्रो सम्मेलन सम्पन्न : सत्तारद्वारा संगठन सुदृढीकरणका लागि एकताको आह्वान


ग्लोबल पाना
आइतबार, जेठ ४ २०८२
  • 559
    SHARES

  • images
    नेपाली कांग्रेस रूपा गाउँपालिका दोस्रो सम्मेलन सम्पन्न : सत्तारद्वारा संगठन सुदृढीकरणका लागि एकताको आह्वान

    कास्की, रूपा । नेपाली कांग्रेस रूपा गाउँपालिकाको दोस्रो पालिका सम्मेलन २०८२ जेठ ४ गते भव्य रूपमा सम्पन्न भएको छ । “संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध अझ बलियो बनाउने” उद्देश्यले आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय नेता, प्रदेशस्तरीय प्रतिनिधि र स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो ।

    images
    images
    images

    कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित कांग्रेसका प्रभावशाली नेता गगन थापाले लोकतन्त्रको मूल्य, युवाको भूमिका र संगठनभित्रको पारदर्शिता बारे जोड दिएका थिए । उनले भने, "लोकतन्त्र बलियो बनाउन पार्टीभित्र आन्तरिक सुधार अपरिहार्य छ । स्थानीय तहबाटै नेतृत्व तयार पार्ने संस्कृति बसाल्नुपर्छ ।"

    सम्मेलनमा नेपाली कांग्रेसका नेता अब्दुल सत्तारले पार्टीभित्र एकता, पारदर्शिता र क्रियाशीलताको आवश्यकता औंल्याउँदै भने, "संगठन बलियो बनाउन सबै तहका नेता र कार्यकर्ता एकजुट भएर अघि बढ्नुपर्छ । अब नेतृत्व विचार र योगदानको मूल्यांकनका आधारमा अघि बढ्नुपर्छ ।" उनले स्थानीय तहमा जनताको समस्या समाधान गर्न कांग्रेसको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

    सम्मेलनले संगठन सुदृढ पार्ने, युवा तथा महिला सहभागिता वृद्धि गर्ने र जनताको भरोसा जित्ने जस्ता याेजनालाई प्राथमिकता दिएको छ । सम्मेलनमा नयाँ नेतृत्व चयन, पार्टीको आगामी कार्यक्रम तथा जनसरोकारका विषयमा छलफल गरिएको थियो । सहभागीहरूले सम्मेलनलाई संगठनात्मक उत्साह र आशाको स्रोतका रूपमा लिएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ