Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

जुन विमानमा श्रीमान गुमाइन् त्यहीँ विमानमा को-पाइलट अञ्जुको पनि मृत्यु


ग्लोबल पाना
आइतबार, माघ १ २०७९
  • 236
    SHARES

  • images
    जुन विमानमा श्रीमान गुमाइन् त्यहीँ विमानमा को-पाइलट अञ्जुको पनि मृत्यु

    काठमाडौं । आज पोखरामा भएको विमान दुर्घटनामा को-पाइलट अञ्जु खतिवडाले पनि ज्यान गुमाएकी छन् । अझ संयोग भनौँ की नियतीको खेल १६ वर्षअघि अर्थात् ७ असार २०६३ मा यती एयरलाइन्सकै विमान दुर्घटनामा परी उनका श्रीमान् दीपक पोखरेलको मृत्यु भएको थियो । उनका श्रीमान पोखरेल पनि सोही विमानको को-पाइलट थिए ।

    images
    images
    images

    जुन नेपालगञ्जबाट सुर्खेतहुँदै जुम्ला जाँदै गरेको एयरक्राफ्ट ९ एनएईक्यू सी विमान उडेको २६ मिनेटमा दुर्घटना भएको थियो । त्यो दुर्घटनामा ६ यात्रुसहित पाइलट किरण मल्ल, को-पाइलट पोखरेल र क्याबिन क्रु दीपक शेरचनले ज्यान गुमाएका थिए । अञ्जुले पनि को-पाइलट श्रीमान्को मृत्यु भएपछि पाइलटको तालिम लिएकी थिइन् ।

    त्यो घटनाको १६ वर्षपछि यती एयरलाइन्सकै विमान दुर्घटनामा उनले पनि ज्यान गुमाउनु पर्‍यो । को-पाइलट दम्पतीले १६ वर्षको अवधिमा एउटै कम्पनीको विमान दुर्घटनामा परी ज्यान गुमाउनु दुःखद छ । आज दुर्घटनाग्रस्त विमानमा चालक दलका चार सदस्यसहित ६८ यात्रु सवार थिए । पाइलट कमल केसी, क्याबिन क्रु सिर्जना होंगचुन र ओसिन आलेमगरको पनि निधन भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ